काठमाण्डौ । प्रत्येक मानिसले चाहन्छ कि त्यस्तो ठाउँमा लगानी होस्, जहाँ उसलाई चाँडो भन्दा चाँडो बढीभन्दा बढी रिटर्न प्राप्त होस् । आजको समयमा बैंकको मुद्धती निक्षेप, सेयर बजार, म्युचुअल फण्ड, सरकारी ऋणपत्रहरु लगानीका लागि लोकप्रिय स्कीम हुन् । तपाई अलग-अलग स्कीममा प्राप्त हुने रिटर्नलाई त पत्ता लगाउन सक्नुहोला, तर कुन स्किममा तपाईको पैसा चाँडै बढेर २, ३ वा ४ गुणा हुन्छ भन्ने कुरा थाहा पाउन निकै मुश्किल पर्नसक्छ । 

यस्तैमा हामी तपाईलाई आज अन्तर्राष्ट्रिय एजेन्सीहरुको सहयोगमा यस्तो एक सूत्र बताउन गइरहेका छौ, जसको माध्यमबाट तपाईले कुन स्किममा लगानी गरे सकेसम्म चाँडो ४ गुणासम्म रिटर्न पाउन सक्नुहुन्छ वा लगानी चार गुणाले बढ्छ । यो सूत्र हो रुल अफ १४४ । यसको माध्यमबाट माथि भनिएको कुरा पत्ता लगाउन तपाईलाई मात्र १ मिनेट लाग्छ । जसको आधारमा तपाईले निकै राम्रो स्किमलाई मात्र छनौट गर्न सक्नुहुनेछ।

के हो फर्मूला-१४४ ?
फाइनान्सको एक खास सूत्र हो-फर्मूला १४४ । विज्ञहरुले यसलाई सबैभन्दा सटिक सूत्र मान्छन्, जसको माध्यमबाट तपाईको लगानी कति दिनमा ४ गुणा हुन्छ भन्ने बिषय तय गरिन्छ । अथवा, यो कुरालाई यसरी पनि बुझ्न सकिन्छ कि तपाईले कुनै विशेष स्कीम छनौट गर्नुभयो, जहाँ तपाईलाई वार्षिक ८ प्रतिशतको दरले
कम्पाउण्डिङ इन्ट्रेस्ट(ब्याज) प्राप्त हुन्छ । यसमा तपाईले रुल अफ १४४ लाई प्रयोग गर्दा १४४ लाई ८ ले भाग गर्नुपर्छ ।१४४/८=१८ । अर्थात, यो स्किममा तपाईको लगानी १८ वर्षमा ४ गुणा हुने रहेछ ।

१४४ ले ब्याजदरको हिसाबबाट सटिक आँकलन प्रस्तुत गरिदिन्छ र यसबाट ६ देखि १० प्रतिशतसम्मको ब्याजदरबाट समेत हिसाब निकाल्न सहज हुन्छ । 

फर्मूला-११४
यस्तै, यदि तपाईलाई कुन स्किममा आफ्नो लगानी बढेर चाँडै ३ गुणा हुन्छ भन्ने कुरा पत्ता लगाउन मन लाग्यो भने पनि फर्मूला ११४ काम लाग्छ । विज्ञहरुका अनुसार यो पनि फाइनान्स विशेष नियम हो । जस्तो, यदि तपाईले कुनै खास स्कीममा लगानी गर्नुभयो र त्यहाँ तपाईलाई वार्षिक १० प्रतिशतको हिसाबले
कम्पाउण्डिङ ब्याज प्राप्त हुन्छ भने त्यहाँ तपाईको लगानी ३ गुणा कति वर्षमा हुन्छ भन्ने कुरा पत्ता लगाउन ११४ लाई १० ले भाग गर्नुपर्छ । ११४/१०=११.४ वर्ष । अर्थात, यो स्किममा तपाईको लगानी ११ वर्ष ४ महिनामा तीनगुणा हुने रहेछ । 

रुल अफ-७२
फाइनान्सको अर्को विशेष नियम हो रुल अफ ७२ । विज्ञले समेत यसलाई निकै सटिक सूत्र मान्छन्, जसबाट तपाईको लगानी कहाँ र कति समयमा डबल हुन्छ भन्ने कुरा तय हुन्छ । 

जस्तै, यदि तपाईले बैंकको कुनै खास स्किम छनौट गर्नूभयो, जहाँ तपाईलाई वार्षिक ८ प्रतिशतको दरले कम्पाउण्डिङ ब्याज प्राप्त हुन्छ । यसमा तपाईलाई रुल अफ ७२ अन्तर्गत ७२ लाई ८ ले भाग गर्नुपर्छ । ७२/८=९ वर्ष । अर्थात यो स्किममा तपाईको लगानी ९ वर्षमा दोब्बर हुने रहेछ ।