काठमाण्डौ।  विश्वको सबैभन्दा ठूलो र पहिलो अनलाइन ई–कमर्स कम्पनी अलीबाबाको सेयरमूल्यमा यो वर्ष ठूलो गिरावट आएको छ। 

आजमात्रै अलीबाबाको सेयरमूल्य हङकङमा ११ प्रतिशतले गिरावट आएको छ। यो सन् २०१९ नोभेम्बरपछिको सबैभन्दा भारी गिरावट हो। 

यो वर्षमात्रै यो कम्पनीको सेयरमूल्यमा ४० प्रतिशतले गिरावट आएको छ। यसरी कम्पनीको सेयरमूल्यमा भारी गिरावट आउँदा लगानीकर्ताहरुको २३४ अर्ब डलर स्वाहा भएको छ। 

यसरी कम्पनीको सेयरमूल्य गिरावट आउनुको प्रमुख कारण चीनको अर्थतन्त्र खुम्चिनु र  कम्पनीको कमजोर आर्थिक वृद्धि हुनु नै हो। चीनको टेकसम्बन्धी कम्पनीकहरुलाई नियामक निकायले ल्याएको कडा नियमका कराण पनि अलीबाबा कम्पनीको सेयरमूल्यमा गिरावट आएको हो। 

अलीबाबाको यो वर्षमात्रै प्रतिसेयर आम्दानी ३८ प्रतिशतले गिरावट आएको छ। अमेरिकालगायत अन्य देशमा नयाँ स्टार्टअप कम्पनीको उदयसँगै पनि तीव्र प्रतिस्पर्धाका कारण पनि अलीबाबाको आम्दानीमा गिरावट आएको हो। 

यो कम्पनीका संस्थापकमा विश्वबिख्यात  व्यापारी  ज्याक मा रहेका छन्। चीन सरकारको आर्थिक नीतिको आलोचना गरेपछि पछिल्लो समय उनी बेखबरझैँ रहेका छन्। – एजेन्सी