काठमान्डौ । विश्व बजारमा शुक्रबार कार कम्पनी भोल्भोको सेयरमा एकै दिन १३ प्रतिशतले गिरावट आएको छ ।

हाल अन्तरराष्ट्रिय बजारमा यो  कम्पनीको सेयर भाउ ३६.२९ डलरमा कारोबार भैरहेको छ । यो भनेको हालसम्मकै न्युन मूल्य हो । यसरी कारको सेयर मूल्य घट्नुको मुख्य कारण भनेको कम्पनीले एकै पटक १०० मिलियनभन्दा बढी सेयर बिक्रीमा आउनु हो । कम्पनीको सेयर भाउ प्रतिकित्ता ४०.८४ डलरमा कारोबार भएको थियो । 

व्यवसायिक बृद्धिको लागि कार कम्पनीले सेयर बिक्रीमा ल्याएको जनाएको छ  । चीनको एक फर्मले सन् २०१० मा भोल्भो कम्पनीलाई खरिद गरेको थियो ।

भोल्भो विश्वजारमा विद्युतीय कार कम्पनीको रुपमा पनि परिचित छ । यस वर्ष मात्रै  उक्त कम्पनीको सेयर २३ प्रतिशतले गिरावट आएको छ । 

कम्पनीका सीईओ जीम रोवनले अवको केही वर्ष भित्रमा भोल्भो कम्पनी पूर्णरुपमा इलेक्ट्रिक हुने बताएका छन् । -एजेन्सी