काठमाण्डौ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य एकै दिनमा प्रतिऔंस ६ डलरले घटेको छ ।

पछिल्लो २४ घण्टामा सुनको मूल्य ६.३० डलरले घट्दै प्रतिऔंस २०३९.३३ डलर कायम भएको छ । 

अघिल्लो दिन सुनको मूल्य प्रतिऔंस २०४५.५७ कायम थियो । 

नेपालमा छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।