काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक्सल डेभलपमेन्ट बैंकले नाफामा ६०.११ प्रतिशतको प्रगति हासिल गरेको छ । 

बैंकले मंगलबार जारी गरेको वित्तीय विवरण अनुसार एक्सल बैंकको खूद नाफा २ करोड ७७ लाख रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा १ करोड ७३ लाख रुपैयाँ थियो । 

यो बैंकले ३ अर्ब ७९ करोड निक्षेप संकलन गरी ३ अर्ब ३० करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २ अर्ब ९६ करोड निक्षेप संकलन गरी २  अर्ब २८ कर्जा कर्जा प्रवाह भएको थियो । 

बैंकको खूद ब्याज आम्दानी पनि ३ करोड ८१ लाखबाट वृद्धि भई ६ करोड ८३ लाख रुपैयाँ पुगेको छ । 

यो विकास बंैकको चुक्तापूँजी ३० करोड ७६ लाख रुपैयाँ छ भने सञ्चित कोषमा १९ करोड २ लाख रुपैयाँ छ । 

बैंकको निस्क्रिय कर्जा(एनपीएल) भने बढेको छ । अघिल्लो आबको पहिलो त्रैमासमा १.१२ प्रतिशत रहेको एनपीएल यो वर्ष १.५४ प्रतिशत पुगेको हो । 

यो विकास बैंकको प्रति सेयर आम्दानी ३६.०५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ  १६१.८३ रुपैयाँ  र मूल्य आम्दानी अनुपात १९.९७ गुणा कायम भएको छ ।