काठमाण्डौ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको तीन जिल्ले विकास बैंक एक्सल डेभलपमेन्ट बैंक हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ ।
यो बैंकले कायम चुक्तापूँजीको ५० प्रतिशत(२ बराबर १)को अनुपातमा हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल १९ लाख २२ हजार ८ सय १२.५० कित्ता हकप्रद निश्कासन गर्ने योजना बनाएको छ ।
बैंकको हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एस क्यापिटलले गर्नेछ । यो बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ११ करोड ७० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षबाट यो बैंकले २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । बोनसको पूँजीकरणपछि चुक्तापूँजी ३८ करोड ४५ लाखको उचाईमा पुुगेको छ । ५० प्रतिशत हकप्रदपछि चुक्तापूँजी ५७ करोड ६७ लाखको उचाईमा पुुग्नेछ । नेपाल राष्ट्रबैंकले तीन जिल्ले विकास बैंकको हकमा यो आर्थिक वर्षभित्र न्यूनतम चुक्तापूँजी ५० करोड पुर्याउनुपर्ने भनेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago