काठमाण्डौ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि एकमहिनादेखि जारी लकडाउनले वित्तीय क्षेत्र समेत प्रभावित भएको निश्कर्ष निकाल्दै एक्सेल डेभलपमेन्ट बैंक लिमीटेडले संचालकहरुको बैठक भत्ता ५० ले कटौति गर्ने निर्णय गरेको छ । 

बैंकको बैशाख १० गते बसेको संचालक समितिको बैठकले खर्चमा मितव्ययीता अपनाउने रणनीति अनुरुप आगामी ६ महिना अवधिसम्म विभिन्न माध्यमहरुबाट संचालक समितिको बैठक सम्पन्न हुँदा संचालकहरुले पाउने बैठक भत्तामा ५० प्रतिशत कटौतिको निर्णय गरेको हो । 

यो बैंकबाट कर्जा कारोबार गरिरहेका ऋणिहरुलाई आर्थिक राहात प्रदान गर्ने उद्देश्यले ऋणिले २०७६ साल चैत महिनासम्ममा तिर्नुपर्ने सबै प्रकारको कर्जा तिर्न बाँकी रहेको सबै रकम बैशाख २० गतेसम्म भुक्तानी गरेमा सबै ब्याज रकममा आधारदर भन्दा कम नहुने गरी १० प्रतिशतको दरले हुन आउने रकमले छुट प्रदान गर्ने समेत निर्णय गरिएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।