काठमाण्डौ । एक दिग्गज अमेरिकी लगानीकर्ताले भारतको सेयर बजारमा अझै ५ दशकसम्म चमक रहने भविष्यवाणी गरेका छन्।
हालै ब्लुमबर्ग टीभीसँगको अन्तर्वार्तामा अमेरिकी लगानीकर्ता मार्क मोबियसले यस्तो भविष्यवाणी गरेका हुन्। उनले भनेका छन्, ‘त्यसैले अन्य देशहरुमा भन्दा पनि भारतीय सेयर बजारमा लगानी गर्नु उचित देखिन्छ।’
मार्कले भविष्यवाणीमात्रै गरेका छैनन्, उनले भारतीय सेयर बजारमा लगानी पनि सुरु गरिसकेका छन्। उनले आफ्नो एमर्जिङ मार्केट फन्डको करिब ५० प्रतिशत भारत र ताइवानको सेयर बजारमा लगाएका छन्। ‘चीनको सेयर बजार डाउन हुन थालेको छ, त्यसैले अब भारतजस्ता देशहरुका सेयर बजारमा लगानी गर्नु उचित हुन्छ’, उनले भनेका छन्।
मार्कका अनुसार भारतीय सेयर बजार अहिले त्यो स्थितिमा छ, जहाँ चीन १० वर्षअघि नै थियो। ‘अब छिटै चिनियाँ बजारलाई टक्कर दिन सक्छ’, उनले भनेका छन्।
मार्कले भारतीय सेयर बजार बढेको बढ्यै भने नगर्ने पनि बताएका छन्। ‘५० वर्षसम्म भारतीय सेयर बजार चम्किन्छ तर बीच–बीच केही मन्दी पनि आउन सक्छ’, उनले भने।
मार्कको यो भविष्यवाणी मोर्गन स्ट्यानली र नोमुरा होल्डिंग्स इंकका विश्लेषकहरुको मतभन्दा विपरीत रहेको छ। उनीहरुले भने भारतीय सेयर बजारको रेटिङ घटाइदिएका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago