काठमाण्डौ । पछिल्लो एक महिनाको अवधिमा बैंकिङ प्रणालीमा ९१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ५२ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर १७ गतेसम्म कुल निक्षेप ५१ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले यो एक महिनाको अवधिमा बैंकहरुको निक्षेप ९१ अर्ब रुपैयाँ बढेको हो।
यसैगरी यो एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप पनि बढेर ४६ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर १७ गतेसम्म कुल निक्षेप ४५ खर्ब ७१ अर्ब रुपैयाँ थियो। यस अवधिमा वाणिज्य बैंकहरुको मात्र निक्षेप पनि ८७ अर्ब रुपैयाँले बढेको छ।
पछिल्लो एक महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने ४ अर्ब रुपैयाँले घटेको छ। गत मंसिर १७ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा पुस १६ गतेसम्म घटेर ४७ खर्ब ६४ अर्ब रुपैयाँमा झरेको छ।
वाणिज्य बैंकहरुको भने कर्जा लगानी भने ६ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर १७ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब १३ अर्ब रुपैयाँ रहेकोमा पुस १६ गतेसम्म बढेर ४२ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकका अनुसार पुस १६ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ८६.६२ प्रतिशत कायम भएको छ गत मंसिर १७ गतेसम्म औसत सीडी रेसियो ८६.७२ प्रतिशत थियो।
पुस १६ गतेसम्म अन्तरबैंक ब्याजदर भने ८.१० प्रतिशत रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19