 
                     
                                
                             
                                    – अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ४ दिन बढ्यो भने एक दिन घटेको छ।
अघिल्लो साता १८६६.३४ मा बन्द भएको बजार यो साता १९३९.६१ मा बन्द भएको छ। यस हिसाबले यो साता दोस्रो बजारमा ७३.२७ अंकले बढोत्तरी आएको छ। अघिल्लो साता भने करिब ९३ अंकको गिरावट आएको थियो।
यो साता दोस्रो बजारमा १० अर्ब ३१ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता करिब ९ अर्ब रुपैयाँबराबरको भएको थियो। यस हिसाबले अघिल्लो साताको तुलनामा यो साता सूचक र कारोबार दुवैमा बढोत्तरी आएको छ।
प्राविधिक पक्ष
इलिअट वेभका आधारमा
इलिअट वेभमा बजार माथि जाने ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
बजारलाई इलिअट वेभको मिनेट डिग्रीबाट नियाल्दा र पछिल्लोपटकको न्यून विन्दु करिब १८०८ लाई आधार मान्दा वेभ–१ मा १९६० सम्म र वेभ–२ मा फिवोनासीको ०.६१ सम्म करेक्नस भएर करिब १८५० सम्म आएको देखिन्छ। यो साता १९३९ मा बन्द भएको बजार सानो टाइम फेरेमको वेभ–३ चल्दै गरेको देखिन्छ। यो भनेको करिब बजार २१०० वेभ चल्न सक्छ भने त्यसपछि केही करेक्सन भएर बजार २००० सम्म पनि आउन सक्छ। त्यसपछि वेभ–५ करिब २२६० सम्म पुग्न सक्छ। (माथि मुख्य तस्बिर हेर्नुहोस्)
बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा
बोलिंगर ब्यान्डका आधारमा हेर्दा अघिल्लो साता जस्तै बजारले यो साता पनि बोलिंगरको मध्य ब्यान्ड अर्थात १९६० मा प्रतिरोधको सामना गरेको देखिन्छ। बजारले लगातार ३ सातादेखि मध्य ब्यान्डआसपास प्रतिरोधको सामना गरेको छ। (हेर्नुहोस् कालो एरो)
बजारलाई भोलुममार्फत हेर्ने हो भने लगातार ३ सातादेखि सुधार आइरहेको छ।
साप्ताहिक रुपमै म्याक्डीमार्फत बजारलाई नियाल्दा यो करिब १ वर्षको समयपछि म्याक्डीमा बुलिसक्रस ओभर र हिस्टोग्राम सकारात्मक बनेका छन्। यसले बजारले लय लिँदै गरेको बुझ्न सकिन्छ।
आरएसआई पनि ओभर सोल्ड जोनबाट फर्केर हाल ४८ को तहमा पुगेको छ। साप्ताहिक रुपमा १ वर्षदेखिको आरएसआई नियाल्दा बुलिस डाइभर्जेन्स अर्थात् अप ट्रेन्डमा चलेको देखिन्छ। बजार घट्दा आरएसआई माथि–माथिबाट फर्किन्छ भने त्यसलाई आरएसआईमा बुलिस डाइभर्जेन्स भनेर बुझिन्छ।

सुपर ट्रेन्डका आधार
सुपर ट्रेन्डका आधारमा भने बजार अझै पनि बियरिस नै छ। यदि सुपर ट्रेन्डमा मूल्यरेखाहरु ट्रेन्ड लाइनभन्दा तल चलेका छन् र ट्रेन्ड लाइन पनि रातो रङको छ भने बजार डाउन ट्रेन्डमा रहेको भनेर बुझिन्छ। सुपर ट्रेन्डका आधारमा बजार करिब २०७० माथि मात्रै अप ट्रेन्ड चलेको मान्न सकिनेछ।

पिभट प्वइन्ट
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
पिभटमार्फत बजारलाई हेर्दा यो साता १९३९ मा बन्द भएको बजारले पिभटको पहिलो प्रतिरोध १९५० मा सामना गरेको छ। यसअघि बजारले पिभट प्वइन्ट १८९३ मा सपोर्ट लिएर माथि फर्केको थियो। आगामी साता यदि यहाँबाट माथि जान्छ भने बजारले २०३४ मा दोस्रो प्रतिरोध सामना गर्न सक्नेछ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः १८९३
घटेमा सपोर्ट

निष्कर्ष
अघिल्लो साता ९२.७८ अंकले घटेको बजारमा यो साता ७३.२७ अंकको बढोत्तरी आएको छ। पछिल्लो समय दोस्रो बजारमा लगातार ३ साता कारोबारमा सुधार आएको छ। यो साता १० अर्ब रुपैयाँ माथिको कारोबार भएको छ। अघिल्लो सातासँग तुलाना गरेर हेर्दा यो साता कारोबार र सूचक दुवैमा बढोत्तरी आएको छ। यसले आगामी साता पनि बजारमा बढोत्तरी कायमै रहन सक्ने देखिन्छ।
प्राविधिक रुपमा यो साताको बजारलाई हेर्दा करिब १ वर्षपछि साप्ताहिक रुपमा म्याक्डीमा बुलिसक्रस बनेको छ भने हिस्टोग्राम पनि सकारात्मक बनेको छ। यसअघि म्याक्डीममा २०२२ को जुलाईमा बुलिसक्रस बनेको थियो भने २०२३ को मार्चमा बियरिस क्रसओभर बनेको थियो। त्यसयता पुनः म्याक्डीमा बजारले यो साता बुलिसक्रस बनाएको छ।
डेली बेसमा भने बजारमा करिब १ महिनापहिले नै बुलिसक्रस बनेको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19