काठमाण्डौ । जब तपाइँ कुनै रेस्टुराँमा खाना खान जानुहुन्छ तब तपाइँ त्यहाँको सर्भिसलाई पनि ध्यान दिनुहुन्छ। सर्भिस राम्रो लाग्यो भने तपाइँले राम्रै टिप दिन्छौँ।
गत डिसेम्बर १२ मा अमेरिकाको पेन्सिलभेनिया सहरमा एउटा इटालियन रेस्टुराँमा ग्राहकले दिएको टिपको अहिले मिडियाहरु निकै चर्चा चलिरहेको छ। उक्त रेस्टुराँमा एकजना ग्राहकले सर्भिस राम्रो भएकै कारण खुसी भएर ५ हजार डलर टिप दिएका हुन्। जब कि उनको खानाको बिल केवल २०५ डलरको मात्र थियो।
यो घटना पेन्सिलभेनिया सहरको एन्टोनिज एट पाक्सोन रेस्टुराँको हो। यो घटनाका विषयमा उक्त रेस्टुराँले आफ्नो फेसबुक पेजमा ती ग्राहकलाई धन्यवाद ज्ञापन पनि गरेको छ।
डिसेम्बर १३ मा फेसबुक पेजमा यो विषयबारे चर्चा गरिएको छ। रेस्टुराँले लेखेको छ, ‘हाम्रो रेस्टुराँको तर्फबाट तपाइँ (ती ग्राहक) लाई धन्यवाद दिनलाई हामीसँग कुनै शब्द छैन। तपाइँको सहयोग हाम्रा स्टाफहरुलाई अविश्वसनीय छ। तपाइँ धन्य–धन्य हुनुहुन्छ। तपाइँलाई लाख–लाख शुभकामना।’
फेसबुक पेजमा गरिएको यो धन्यवाद स्टाटस हालसम्म करिब ४०० को हाराहारीमा सेयर भएका छन् २०४ वटा कमेन्ट र १ हजार १०० लाइक गरिएको छ। सोसल मिडिया युजरहरुले पनि यो घटनालाई लिएर राम्रो प्रतिक्रिया जनाएका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19