काठमाण्डौ । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको टुइन्स टावरमा भएको आक्रमण सायदै कसैले भुलेको होला । त्यो आतंककारी हमलामा २ हजार ९ सय ७७ जना सर्वसाधारणको ज्यान जानुका साथै ६ हजारभन्दा बढी मानिसको अंगभंग भएको थियो ।– एजेन्सी
अहिले त्यो घटनाले अमेरिकी जनतासँगै विश्वभरका मानिसहरुको आङ सिरिङ हुने गरेको छ । हरेक वर्ष सेप्टेम्बर ११ मा शान्तिप्रिय मानिसहरुले कालो दिनका रुपमा मनाउने गरेका छन् ।
यो घटनालाई ९/११ का रुपमा पनि चिन्छौँ । यही ९/११ अनौठो संयोग यो वर्ष भएको छ । एक अमेरिकी महिलाले ९/११ कै दिन ९/११ समय अर्थात् ९ बजेर ११ मिनेटमा ९÷११ तौला अर्थात् ९ पाउन्ड ११ औँस तौल भएकी छोरी जन्माइन् । यसरी अनौठो संयोगमा छोरी जन्मेपछि आमा पनि आश्चर्यमा परेकी छन् ।
बीबीसीका अनुसार क्रिष्टिना ब्राउन नाम दिइएकी बालिका अमेरिकाको टेनेसीस्थित जर्मनटाउनको एक अस्पतालमा जन्मेकी थिइन्। "उनी विध्वंस र विनाशबीच एउटा नवजीवन हुन्," आमा क्यामेट्रोअन मूर-ब्राउनले बताइन्।
क्रिष्टिनालाई शत्यक्रिया गरेर निकालिएको थियो र जतिबेला उनको जन्म समय र तौल लेखियो, अस्पतालका कर्मचारी छक्क परेका थिए।
"हामीले चिकित्सकले क्रिष्टिना ९:११ मा जन्मेको बताएको सुनेका थियौँ र जतिबेला उनको तौल ९.११ निस्कियो, सबैजना अचम्भित भयौँ," बुवा जस्टिन ब्राउनले भने।
अस्पतालको महिला सेवाकी प्रमुख राचेल ल्याङ्लिनले यस्तो संयोग बिरलै हुने बताइन्। "मैले यहाँ काम गरेको ३५ वर्ष भयो र मैले कहिल्यै शिशुको जन्ममिति, समय र तौल एउटै सङ्ख्या भएको देखेको थिइन," उनले भनिन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago