काठमाण्डौ । पछिल्लो एक सातामा सुनको मूल्य ३५ डलरले घटेको छ । 

अन्तराष्ट्रिय बजारमा गत डिसेम्बर २७ मा प्रतिऔंस २०८० डलरको हाराहारीमा रहेको सुनको मूल्य एक साताको अवधिमा प्रतिऔंस ३५ डलरले घटेको हो । 

पछिल्लो २४ घण्टामा सुनको प्रतिऔंस १४.०९ डलरले घटेको हो । 

यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २०४५.५४ बिन्दुमा पुगेको छ । 

नेपाली घरेलु बजारमा भने छापावला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८०० र तेजावी सुन तोलामा १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।