काठमाण्डौ । वालमार्टमा तरबुजा लिइरहेको समयमा घाइते भएका एक व्यक्तिलाई न्यायालयले ८० करोड रुपैयाँ(करिब ७.५ मिलियन डलर) क्षतिपूर्ति दिने आदेश सुनाएको छ ।
यो घटना अमेरिकाको अलबामा राज्यको हो । सन् २०१५ जुलाई महिनामा हेनरी वाल्करको खुट्टा काठमा अड्किएको थियो, यस्तो घटना एउटा तरबुुजा खरीदको क्रममा भएको थियो ।
सो बेला वाल्करको उमेर ५९ वर्षको थियो । उनले यो बिषयमा फेनिक्स सिटी अदालतमा भनेका थिए कि उनी सो बेला लडेका थिए । वाल्करले यो क्रममा आफ्नो कम्मर र खुटटा भाँचिएको बताएका थिए । तर, वालमार्टले भनेको छ कि उसको स्टोरको डिस्प्ले बिल्कुलै सुरक्षित थियो र उसले त्यसमा कुनै परिवर्तन समेत गर्न गइरहेको छैन ।
वालमार्टले अदालतको यो फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएको छ । वाल्कर एक रिटायर्ड आर्मी हुन् । इजलासले २५ लाख डलर मुुआब्जा र ५० लाख डलर सजायको रुपमा दिने फैसला सुनाएको छ । वाल्करका वकिलले भनेका छन् कि यो बिल्कुलै सही फैसला हो, किनभने वालमार्टले यो बिषयलाई बेवास्ता गरेको थियो ।
वाल्करका वकिलका अनुसार वालमार्टलले काठलाई असुरक्षित तरिकाले राखेको थियो । यसमा अरु कसैको पनि खुट्टा फस्न सक्थ्यो । इजलासले यो कुरालाई पनि बढी जोड दिएको छ भने वाल्कर पहिला सातामा तीन दिन बास्केटबल खेल्न सक्थे, तर अब खेल्न सक्दैनन् ।
वालमार्टले भने वाल्कर घाइते हुनुु पछाडिको कम्पनीको दोष नभई उनको लापरबाही मुख्य कारण थियो ।
बीबीसीको सहयोगमा
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago