 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाली बैंकहरुका एटीएम ह्याक प्रकरणपछि भारतमा नेपाली कार्डको प्रयोग अवरुद्ध हुँदा अप्ठ्यरोमा परेका नेपालीलाई नेपाल राष्ट्र बैंकले सहयोग गर्ने भएको छ ।
चिनियाँ ह्याकरले बैंकिङ प्रणाली ह्याक गरेर एटीएम बुथबाट पैसा चोरी गरेपछि भारतीय एटीएम बुथबाट नेपाली कार्ड प्रयोग गरेर रकम निकाल्ने प्रक्रिया अवरुद्ध बनेको छ । यसका कारण भारतमा विभिन्न सेवा लिन पुगेका नेपालीहरुलाई समस्या भएको गुनासो बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले भारतमा पैसा निकाल्न सहयोग गर्ने भएको हो । विशेषगरी भारतमा नेपाली कार्डबाट पैसा झिक्न नपाएपछि उपचारका लागि पुगेका, साना व्यापारी, घुम्नका लागि पुगेका नेपाली समस्यामा परेका छन् ।
नेपाल राष्ट्र बैंकले भारत पुगेर पैसा निकाल्न समस्यामा परेकाहरु लाई २४ घन्टाभित्र रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसका लागि भारतमा रहेका नेपालीले नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाको सीधै मोबाइल (९८५१२१०९१९) मा सम्पर्क गर्न सक्नेछन् । मोबाइलमा सम्पर्क गरेको २४ घन्टाभित्र रकम भुक्तानी व्यवस्था बैंकले गरिने निरौलाले बताए।
यसैबीच नेपाल राष्ट्र बैंकले आगामी तीन दिनभित्र भारतका एटीएमहरुबाट नेपाली कार्ड प्रयोग गरेर पैसा निकाल्ने प्रणाली पुनः पूर्ववत् रुपमा सुरु हुने पनि जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19