काठमाण्डौ । एनआइबिएल क्यापिटल मार्केट लिमीटेडदारा प्रबद्र्धित दुुई म्युुचुुअल फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ) बढेको छ। 

भदौ मसान्तको तुलनामा असोज मसान्तमा एनआइबिएल प्रगति फण्ड र एनआइबिएल समृद्धि फण्ड १ को न्याभ बढेको हो । 

एनआइबिएल प्रगति फण्डको प्रति इकाई खूद सम्पत्ति मूलय भदौ मसान्तसम्म ९.६२ रुपैयाँ रहेकोमा असोज मसान्तसम्म बढेर ९.९१ रुपैयाँ भएको हो । यो अवधिसम्म यो स्किमले सूचिकृत सेयरमा ६३ करोड ८६ लाख रुपैयाँ लगानी गरेको छ । सार्वजनिक निश्कासन, हकप्रद सेयर र बोनस सेयरमा १ करोड ८९ लाख बढी लगानी गरेको छ । असोज मसान्तसम्म यो स्किम १ करोड बढी घाटामा रहेको छ । 

असोज मसान्तसम्म यो स्किमले सबैभन्दा बढी नेपाल बैंक लिमीटेडको ४५ हजार ५ सय ३९ कित्तामा लगानी गरेको छ । रकमको हिसाबले सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सको सेयरमा ३ करोड ८९ लाख लगानी गरेको छ। 

यसैगरी, एनआइबिएल समृद्धि फण्ड १ को न्याभ भदौ मसान्तसम्म १२.८९ रुपैयाँ रहेकामा वृद्धि भई असोज मसान्तसम्म १३.३१ रुपैयाँको उचाईमा पुुगेको छ । यो अवधिसम्म यो स्किमले सूचिकृत सेयरमा १ अर्ब बढी लगानी गरेको छ । मुद्धती निक्षेपमा १० करोड रुपैयाँ राखेको स्किमले ऋणपत्रमा ३ करोड ३० लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा ४ करोड ३८ लाख लगानी गरेकोछ । 

असोज मसान्तसम्म यो स्किमले १ करोड ७० लाख आम्दानी गरेको छ । भदौ मसान्तसम्म २ करोड ५० लाख घाटामा थियो । 

यो स्किमले सबैभन्दा धेरै कित्ता माछापुच्छे बैंकको ५८ हजार १ सय ३९ कित्ता खरीद गरेको छ । रकमको हिसाबले सबैभन्दा बढी लगानी एशियन लाइफ इन्स्योेरेन्समा गरेको छ । यो इन्स्योरेन्स कम्पनीमा स्किमको लगानी ४ करोड २४ लाख रुपैयाँ रहेको छ ।