काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटल लिमीटेडले संचालन गरेको दुुवै म्युुचुुअल फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य(एनएभी) घटेको छ । 

सातवर्षे बन्दमुखी म्युुचुुअल फण्ड एनआइबिएल प्रगति फण्ड र अर्को सात वर्षे नै स्कीम एनआइबिएल समृद्धि फण्ड १ को प्रति इकाई एनएभी नै घटेको हो । 

एनआइबिएल प्रगति फण्डको बैशाख मसान्तसम्म १० रुपैयाँ ३७ पैसा रहेको एनएभी जेठ मसान्तमा घटेर ९ रुपैयाँ ९७  पैसामा झरेको हो । प्रति इकाई मूल्य भन्दा एनएभी कम हुनुु यस्ता स्किमका लागि राम्रो लक्षण होइन । 

७५ करोड रुपैयाँबाट सुरु भएको यो स्किमले जेठ मसान्तसम्म ५० सूचिकृत कम्पनीको सेयरमा ४९ करोड ८४ लाख, ५० लाख १५ हजार रुपैयाँ सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा लगानी गरेको छ । 

बैशाख मसान्तसम्म २ करोड ७७ लाख खूद घाटा व्यहोरेको यो स्किमले जेठ मसान्तसम्म आउँदा ७२ लाख ८६ हजार खूद घाटा व्यहोरेको छ । 

कुल लगानीमध्ये यो स्किमले सबैभन्दा धेरै सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीमको १ लाख ४९ हजार ९ सय कित्ता खरीद गरेको छ । एशियन लाइफ इन्स्योरेन्समा २  करोड ८२ लाख रुपैयाँ लगानी गरेको छ । 

एनआइबिएल क्यापिटलले नै संचालन गरेको अर्को म्युुचुुअल फण्ड एनआइबिएल समृद्धि फण्ड १ को प्रति इकाई एनएभी समेत घटेको छ । बैशाख मसान्तसम्म १५ रुपैयाँ ४६ पैसा रहेको एनएभी जेठ मसान्तसम्म आइपुुग्दा घटेर १५ रुपैयाँ ११ पैसा कायम भएको हो । 
१ अर्ब रुपैयाँबाट सुरु भएको यो स्किमले जेठ मसान्तसम्म ८५ सूचिकृत कम्पनीको सेयरमा १ अर्ब ११ करोड, ऋणपत्रहरुमा ३ करोड ३० लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा ३ करोड ८८ लाख लगानी गरेको छ । 

कुल लगानीमध्ये यो स्किमले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १ को १५ लाख ६४ हजार इकाई खरीद गरेको छ । एभरेष्ट बैंकको सेयरमा यो स्किमले ४ करोड ७९ लाख लगानी गरेको छ ।