काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेड र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबीच जान्बी (JANBI) कोर्स संचालनका लागि सोमबार सम्झौता भएको छ ।
सम्झौतापत्रमा एनआइसी एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका थिए ।
बैंकले सिकाई तथा विकासका गतिविधिहरुलाई थप गतिशिलता प्रदान गर्न एक छुट्टै विभागको स्थापना गरी कार्य गर्दै आइरहेको छ । बैकिङ उद्योगमा आफ्नो छुट्टै पहिचान रहेको एनआइसी एशिया बैंक लिमिटेड देशकै नम्बर वान बैकिङ ब्राण्डको रुपमा आफूूलाई स्थापित गर्ने महत्वकांक्षी लक्ष्यका साथ अगाडि बढिरहेको छ। साथै, निकट भविष्यमा नै सिकाई तथा विकाससँग सम्बन्धी गतिविधिलाई थप उचाईमा पुर्याउनका लागि लर्निङ एण्ड डेभलपमेन्ट अकाडेमीको स्थापनाको लक्ष्य समेत लिएको छ ।
यस सम्झौता अनुसार बैंकले ३८८ कर्मचारीहरुलाई JANBI कोर्स गराउनेछ । बैंकिङ क्षेत्रमा यति ठूलो संख्यामा JANBI कोर्ष गराउने पहिलो बैंकको रेकर्ड समेत एनआइसीले राखेको छ । यस सम्झौता अनुरुप बैंकले नेशनल बैकिंग इन्ष्टिच्यूटद्वारा संचालन गरिने विभिन्न तालिम तथा कार्यक्रमहरुमा विशेष छुट समेत पाउनेछ ।
JANBI सर्टिफिकेसन कोर्स गर्नेले स्वःअध्ययन गरी एनबीआईद्वारा लिने परीक्षाहरु उत्तिर्ण गर्नुपर्ने हुन्छ । त्यस्ता परीक्षाहरु वर्षमा जून र डिसेम्बर महिनामा गरी दुई पटक सञ्चालन हुने गरेको एनबीआईको भनाई छ । त्यस्तो परीक्षा उत्तीर्ण गर्नेहरुलाई सर्टिफिकेट दिने गरेको र हालसम्म देशमै ३४८ जना मात्रै JANBI सर्टिफाईड बैंकरहरु रहेका बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago