काठमाण्डौ । एनआइसी एशिया बैंकले असार २४ र २५ गते छुट्टा छुट्टै समारोहका बीच तीनवटा नयाँ शाखा उद्घाटन गरेको छ ।
बैंकले झापाको गौरीगञ्ज नगरपालिका वडा नं. ३ मा गौरीगञ्ज शाखा, कन्काई नगरपालिका वडा नं ३ मा सुरुङ्गा शाखा, बर्दियाको ठाकुरबाबा नगरपालिका, वडा नं. १ मा भुरीगाँउ शाखाको असार २४ गते र दाङको राप्ति गाउँपालिका वडानम्बर ५ मा सिसहनिया शाखाको असार २५ गते उद्घाटन गरेको हो ।
यी चारैवटा शाखा स्थानीय लब्धप्रतिष्ठितहरुले उद्घाटन गरेका थिए ।
हाल यो बैंकको देशभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् ।
बैंकमा ग्राहकको संख्या करिब ११ लाख७५ हजार रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago