काठमाण्डौ । शाखा तथा एटिएम सञ्जालको आधारमा देशको सबैभन्दा ठूलो बैंक एनआइसी एशियाले बिहीबार एकैदिन लुम्बिनी क्षेत्रीय कार्यालय अन्तर्गत १४ स्थानमा शाखातथा एकस्थानमा एक्सटेन्सन काउण्टरको समुद्टघान गरेको छ ।
शाखा तथा एक्सटेन्सन काउण्टरको विभिन्न समारोहहरुका बीचमा विभिन्न व्यक्तित्वले विधिवत उद्घाटन समेत गरे । कुन शाखा कसले उद्टघान गर्यो, हेरौं तालिका:
मुलुकभर २२४ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन एनआइसी सफल भएको छ ।
बैंकको वासलातको आकार रू. १७४ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19