काठमाण्डौ । एनआइसी एशिया बैंकले तिहार छठको अवसरमा रेमिटान्समा .थप सुविधा ल्याएको छ ।

अब ३ पटकको सट्टामा, मात्र हरेक २ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अफर ल्याएको हो । 

बैंकले नेपालभरि एक ठाउँबाट अर्काे ठाउँँमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक तेस्रो कारोबार सित्तैमा पठाउने छुट प्रदान गरेको छ । विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २६५ शाखा कार्यालयहरु, २९ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखारहित बैंकिङ्ग ईकाई एवं ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । 

यो योजना मंसिर २९ गतेसम्म लागू हुने बताइएको छ । 

यस्तो सुविधाबाट चाडपर्वको समयमा ग्राहकले पैसा पठाउँदा उच्चतम लाभा प्राप्त गर्ने र झञ्झटरहित तरिकाबाट ठूलो सञ्जाल भएको यस बैंक मार्फत सजिलै पैसा पठाउन र निकाल्न सकिने बैंकले जानकारी गराएको छ।