काठमाण्डौ । “बैंक पनि, साथी पनि” भन्ने मूल नाराका साथ सर्वसाधारणमा केन्द्रीत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको राष्ट्रकै अग्रणी वाणिज्य बैंकहरुमध्येको एक यस एनआइसी एशिया बैंकले निक्षेपकर्ताहरुबीच लोकप्रिय बनेको ‘धनवर्षा मुद्धती खाता’लाई पुनः लञ्च गरेको छ । 

एकवर्षअघिकोे उक्त मुद्धती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा व्याज भुक्तानी गरिने बैंकले जनाएको छ । 

मुलुकभरका विभिन्न स्थानहरुमा छरिएर रहेका १८० शाखा सञ्जालहरुमध्ये जुनसुकै शाखाबाट उक्त मुद्धती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जा समेत उपलब्ध गराउन सकिने छ । 

यसैगरी, यसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदरसहितको ‘समुन्नति प्लस बचत खाता’ पनि लोकप्रिय रही उत्साहप्रद रुपमा सञ्चालनमा रहिरहेको बैंकको भनाई छ । ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशतका दरले ब्याज प्रदान गर्दै आईरहेको छ । 

मुलुकभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम सञ्जालहरु, ४ एक्सटेन्सन काउन्टर, ३ शाखारहित बैंकिङ सेवा एवम् प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५००० भन्दा बढी रेमिटान्स पेआउट एजेन्टहरुसहित राष्ट्रकै सर्वाधिक बैंकिङ्ग सञ्जाल भएको बैंकको रुपमा एनआइसी एशिया बैंक स्थापित छ ।