काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडको लोकप्रिय बचत निक्षेप योजना “प्रिमियम समुन्नती बचत खाता” खोलेका बैंकका एक ग्राहकको मृत्युपछि उनका परिवारले ५ लाख बराबरको बिमा रकम पाएका छन् । 

बैंकका ग्राहक राजकृष्ण श्रेष्ठको कात्तिक २० गतेका दिन दुर्घटनामा परी मृत्यु भएको थियो । उनले एनआइसी एशियामा उक्त खाता खोल्दा रु. ५ लाख बराबरको स्वतःं दुर्घटना बिमा हुने भएकोले सो बिमाको क्षतिपूर्ति बापत श्रेष्ठका हकवाला छोरा रजतकृष्णलाई एक कार्यक्रमका बीच रु. ५ लाखको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

सो चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले पुस २६ गतेका दिन बैंकको केन्द्रिय कार्यालयमा हस्तान्तरण गरिएको हो ।

हाल यो बैंकको देशभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाईको विशाल सञ्जाल रहेको छ ।