काठमाण्डौ । एनआइसी एशिया बैंकलाई धितोपत्र बोर्डले १५ प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको छ । 

बोर्डले १ सय बराबर १५ को अनुपातमा हकप्रद निश्कासनका लागि फागुन २४ गते मंगलबार स्वीकृति दिएको हो । 

यो स्वीकृतिसँगै एनआइसी एशिया बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद निश्कासन गर्नेछ । हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि सिभिल क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

बैंकको चुक्तापूँजी ५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । हकप्रद निश्कासनपछि चुक्तापूँजी ६ अर्ब ६९ करोडको हाराहारीमा पुुग्नेछ । 

यो बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ७२ करोड १४ लाख खूद नाफा आर्जन गरेको छ ।