NIC Asia Bank Limited
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले एकैसाथ दुईओटा अवार्ड पाउन सफल भएको छ।
बैंकले २०७४ पुस ३ गते वल्र्ड एचआरडी कंग्रेस, इम्प्लोयर ब्राण्डिंग इन्स्टिच्यूट एण्ड स्टार्स अफ दि इण्डष्टी ग्रुपद्वारा काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित नेपाल बिएफएसआई एक्सलेन्स एण्ड लिडरसीप अवार्डस् २०१७ कार्यक्रममा नेपालको बैंकिङ्ग क्षेत्रतर्फको बेस्ट ब्राण्ड अवार्ड(बैंकिङ क्षेत्र) र बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड पाउन सफल भएको छ ।
वल्र्ड सिएसआर डे एण्ड वल्र्ड सस्टेनाबिलीटीका संस्थापक डा. आर.एल. भाटियाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अर्थराज्यमन्त्री उदयशमशेर जबराले सो अवार्ड प्रदान गरेका थिए ।
कार्यक्रममा बैंकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोटेक्नोलोजी, कन्ष्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेताहरु छनौट गरिएको थियो ।
यसअघि बैंकले नेपालको वित्तीय क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत सन् २००७ र २०१३ मा लण्डनस्थित ‘द बैंकर फाइनान्सियल टाइम्सले प्रदान गर्ने ख्यातिप्राप्त ‘बैंक अफ द इयर अवार्ड प्राप्त गरिसकेको छ ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एशिया बैंक निजीक्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । यस बैंकले अधिराज्यभर १४९ शाखा कार्यालयहरु र १४१ एटीएम काउण्टरहरु र ४ एक्स्टेन्सन काउण्टरबाट ग्राहकमुखी एवं उच्च स्तरको सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ११७ अर्ब निक्षेप संकलन गरी ९८ अर्ब कर्जा प्रवाह गरिसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago