काठमाण्डौ । एनआइसी एशिया बैंकले मुलुकको आर्थिक मेरुदण्डको रुपमा परिचित कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले २०७५जेठ १ गतेदेखि ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन ब्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । 

कृषि तथा पर्यटन क्षेत्रमा स्व–ब्यवसायलाई थप प्रबद्र्धन तथा भएको ब्यवसायलाई विस्तार गर्ने योजना बनाइरहेका ब्यवसायीहरुलाई साथ दिने उद्देश्यले बैंकले यो योजना ल्याइएको र यस योजनाले कृषि तथा पर्यटन ब्यवसाय बृद्धिमा थप टेवा पुग्ने विश्वास लिइएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

ब्यवसायिक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड पूरा गरेका कृषि उद्यमीलाई नेपाल सरकारको नीति बमोजिम ५ प्रतिशत ब्याज अनुदानका लागि आवश्यक ब्यवस्था मिलाउनुका साथै शून्य प्रशासनिक शुल्कमा कर्जा प्रवाह गरिने बैंकले प्रष्ट्याएको छ ।

व्यवसायिक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्डभित्र नपर्ने कृषि तथा पर्यटन ब्यवसायीहरुलाई समेत बैंकले सुलभ ब्याजदरमा कर्जाको ब्यवस्था गरेको बैंकले प्रष्टाएको छ ।

हल यो बैंकको मुलुकभर २११ शाखा कार्यालयहरु, २०३ एटिएम, ६ वटा एक्स्टेन्सन काउण्टर एवं ७ वटा शाखारहित बैंकिङ्ग सेवा रहेका छन् । यो बैंक देशकै सबैभन्दा ठूलो सञ्जाल भएको वाणिज्य बैंक पनि हो ।