काठमाण्डौ । एनआइसी एशिया बैंकले बुधबार(चैत १६ गते)देखि आफ्ना सेयरधनीका लागि १०० बराबर १५ को दरले हकप्रद सेयर निश्कासन गरेको छ । 

हकप्रदका लागि सेयरधनीले आगामी बैशाख १९ गतेभित्रमा आवेदन दिनसक्ने छन् । 
यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद निश्कासन गरेको हो । 

हकप्रद सेयरका लागि बुक क्लोजको मिति चैत ७ गतेलाई तोकिएको थियो । यसको अर्थ चैत ६ गतेभित्र एनआइसी एशिया बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेका सेयरधनी मात्र निश्कासित हकप्रदमा आवेदन दिन योग्य ठानिनेछन् । 

हकप्रदको निश्कासन तथा व्यवस्थापनमा सिभिल क्यापिटल मार्केट्स लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

हकप्रद सेयर निश्कासन र व्यवस्थापनपछि एनआइसी एशिया बैंकको चुक्तापूँजी ६ अर्ब ६८ करोडको उचाईमा पुुग्नेछ । हाल यो बैंकको चुक्तापूँजी ५ अर्ब ८१ करोड रहेको छ । 

इच्छुक सेयरधनीले काठमाण्डौका कमलादिस्थित सिभिल क्यापिटल मार्केट्स लिमीटेडको मुख्य कार्यालय तथा एनआइसी एशियाका देशभरका शाखा कार्यालयहरुबाट हकप्रदका लागि आवेदन दिनसक्नेछन् । 

एनआइसी एशिया बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ७२ करोड १४ लाख खूद नाफा आर्जन गरेको छ ।