काठमाण्डौ । एनआइसी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी असार ९ देखि असार १५ गतेसम्म चल्ने दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५ प्रतिशत वा अधिकतम ५,००० रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक भएको छ ।
एनआइसी एशिया बैंकले यस्तो अफर सार्वजनिक गरेको हो ।
यो बैंक पछिल्लो समय डिजिटल पेमेन्टको क्षेत्रमा समेत आक्रामक बनिरहेको छ । सरकारको नगदरहित कारोबारलाई बढावा दिन पछिल्लो समय यो बैंक डिजिटल बैंकिङमा राजमार्गमा समेत तीव्र गतिमा दौडिरहेको छ ।
बैंकको देशभर २८४ शाखा कार्यालय छन् । एटीएमको संख्या २९४, एक्सटेन्सन काउण्टरको संख्या ४६, शाखारहित बैंकिङ इकाईको संख्या ३५ रहेको छ ।
बैंकका करिब १६ लाख ग्राहक रहेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19