काठमाण्डौ । एनआईसी एशिया बैंकले पर्साको वीरगञ्जमा रहेको नारायणी वयोधा हस्पिटलसँग बैंकका ग्राहक तथा कार्डबाहकलाई उपचार सेवामा विशेष छुट दिने विषयमा सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट तथा अन्तरंग बिरामीहरुका लागि १५ दिनसम्मको क्यासलेस वा क्रेडिट सुविधा प्रदान हुनेछ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र नारायणी वयोधा हस्पिटलको तर्फबाट हस्पिटलका सुविधा सञ्चालक डा. रजनिश भारतीले हस्ताक्षर गरेका छन् ।
हाल यो बैंकको देशभर २८४ शाखा, २९४ एटीएम, ४६ वटा एक्सटेन्सन काउण्टर, ३५ शाखारहित बैंकिङ इकाई रहेका छन् भने करिब १६ लाख ग्राहक रहेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19