काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेड र विराटनगरको विराटनगर अस्पताल प्रालिबीच एक सम्झौता भएको छ। 

सो अस्पतालसँग बैंकका कर्मचारीहरुलाई सो अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्म र बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक र सबै ग्राहकलाई १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो । 

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं १ अन्तर्गत विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्य र विराटनगर अस्पतालको तर्फबाट अस्पतालका निर्देशक डा. सुशील तपरियाले हस्ताक्षर गरेका छन् । 

हाल यो बैंकको देशभर २८६ शाखा कार्यालय, ३०० एटीउम, ४७ वटा एक्सटेन्सन काउण्टर तथा ४० वटा शाखारहित बैंकिङको विशाल सञ्जाल रहेको छ ।

बैंकका ग्राहकको संख्या करिब १६ लाख रहेको छ ।