काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले बिमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताबमोजिम सगरमाथा इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशियाको मोबाइल बैकिङ्गलगायत एनसीएचएल–कनेक्ट आईपीएस र फोन पे एप प्रयोग गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सगरमाथा इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे ।
सम्झौतासँगै ग्राहकहरुले छिटो छरितो रुपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम रकम विश्वसनीय र पारदर्शी रुपमा भुक्तानी गर्नसक्ने बैंकको विश्वास छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago