काठमाण्डौ । एनआइसी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै अब हरेक पटक विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद रु. १०० को मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउँदा बैंकको तर्फबाट खातामा रु. ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याएको छ । 

उक्त विप्रेषण रकम यस बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिनेछ । 

यो योजना अंग्रेजी महिनाको सेप्टेम्बर १, २०१९ देखि अक्टोबर ३१, २०१९ सम्म दुई महिनाको लागि लागू हुने बैंकले जनाएको छ । 

यो सुविधाबाट चाडपर्वको समयमा झञ्झटरहित तरिकाबाट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत् सजिलै रकम पठाउन र निकाल्न सकिने बैंकको विश्वास छ।

हाल यो बैंकको देशभर २९७ शाखा, ३५० एटीएम, ५८ वटा एक्सटेन्सन काउण्टर एवम् ४१ वटा शाखारहित बैंकिङ इकाईको वृहत सञ्जाल रहेको छ । बैंकका करिब १८ लाख ग्राहक छन् ।