काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजनाअन्तर्गत विभिन्न खातावाललाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरिएको छ ।
जसअन्तर्गत बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउप्रसाद गुरुङ दुर्घटनामा परी असामयिक निधन भएका कारण खातावालकी श्रीमती रन सुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम रु ४,९१,२५३ भुक्तानी गरिएको बैंकले जनाएको छ ।
यसैगरी बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई रु २६,५१९, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक ताराकुमारी बुढाथोकीलाई रु ६७,९३३, कलङ्की शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञानबहादुर पराजुलीलाई रु ५९,९०४, झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई रु १०,४३९ र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई रु २८,७५० रकम भुक्तानी गरेको छ ।
हाल यो बैंकको देशभर ३०१ शाखा, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ । बैंकका करिब १८ लाख ग्राहक छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago