काठमाण्डौ । एनआइसी एशिया बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी बडा दशैं २०७६ को सार्वजनिक बिदाका दिनहरुमा समेत बैंकका विभिन्न शाखाहरुमार्फत् सेवा प्रदान गर्ने निर्णय गरेको छ
बडा दशैंको बिदाका दिनहरुमा समेत बैंकको देशभर रहेका विभिन्न शाखाहरु खुल्ला रहनेछन् । जस अनुसार २०७६÷६÷१८ गते फूलपातीको दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, सातदोबाटो, महाराजगञ्ज, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर, थानकोट तथा काठमाडौं उपत्यका बाहिर धनगढी–चौराहा, बुटवल, न्यूरोड–पोखरा, लेकसाईड–पोखरा र हेटौंडास्थित शाखा कार्यालयहरु खुल्ला रहनेछन् ।
सोही बमोजिम २०७६÷६÷१९ गते अष्टमीका दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, पुल्चोक, न्यूरोड–खिचापोखरी, महाराजगञ्ज, थापाथली तथा काठमाडौं उपत्यका बाहिर बुटवल, नेपालगञ्ज, न्यूरोड–पोखरा, कावासोती, वीरगंज, लाहान, जनकपुर, सिराहा, मलंगवा, चन्द्रनिगाहपुर, विराटनगर, ईटहरी, दमक र नारायणगढ शाखा खुल्ला रहने बैंकले जनाएको छ ।
असोज २० गते नवमीका दिन बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, तथा काठमाडौं उपत्यका बाहिर धनगढी हस्पिटल–लाईन, बुटवल, न्यूरोड–पोखरा, दुलेगांैडा, लिंकरोड, मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, विराटनगर, धरान, चारपाने र हेटौंडास्थित शाखा कार्यालयहरु खुला रहनेछन् ।
यस्तै, असोज २२ गते एकादशीका दिन काठमाडौं उपत्यकाभित्र बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर तथा काठमाडौं उपत्यका बाहिर न्यूरोड–पोखरा, बाग्लुङ, बुटवल र नारायणगढस्थित शाखा कार्यालयहरु खुल्ला रहनेछन् ।
खुल्ला रहने उपरोक्त शाखाहरुमध्ये न्यूरोड खिचापोखरी, भक्तपुर, महाराजगञ्ज शाखा अपरान्ह १ बजेदेखि ४ बजेसम्म र अन्य शाखाहरु बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म खुल्ला रहनेछन् । यस अवधिमा नगद जम्मा र चेक सटहीको सेवा प्रदान गर्नुका साथै दशैं बिदा लगत्तै प्रक्रिया शुरु गर्नुपर्ने विभिन्न बैंकिङ सुविधाका लागि आवेदन दर्ता गर्न सकिने बैंकले जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19