काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र समितिभेज हस्पिटल, थाइल्याण्डबीच बैंकका भिजा अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई समितिभेज हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा ५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र समितिभेज हस्पिटलको नेपालस्थित प्रतिनिधि कार्यालय स्पिडवे फ्रेईट सर्भिसेस प्रा.लि.को तर्फबाट कार्यकारी निर्देशक राजु श्रेष्ठले हस्ताक्षर गरे ।
हाल एनआइसी एशिया बैंकको देशभर ३०१ शाखा कार्यालयहरु, ३७५ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ । करिब १८ लाख ग्राहकलाई सेवा दिइरहेको यो बैंकका प्रमुख वित्तीय परिसूचकहरु पनि उत्साहप्रद छन् ।
यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago