काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र सस्तो टिकेटस् प्रालिबीच एनआइसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् सस्तो टिकेटस्का ग्राहकहरुले हवाई टिकट तथा होटल बुक गरी सजिलै भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताबमोजिम बैंकका ग्राहकहरुले एनआइसी एशियाको मोबाइल बैकिङ्गलगायत एनसीएचएल–कनेक्ट आईपीएस र अन्य कुनै पनि बैंकको फोन पे एप प्रयोग गरी हवाई टिकट तथा होटलको बुकिङ्ग अनलाईनमार्फत् भुक्तानी गर्न सक्नेछन्।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सस्तो टिकेटस् प्रालिको तर्फबाट अध्यक्ष सम्राट दाहालले हस्ताक्षर गरे ।
हाल यो बैंकको देशभर ३१० शाखा कार्यालय, ३८० एटीएम, ८४ एक्सटेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ इकाईको वृहत सञ्जाल रहेको छ । बैंकका करिब १८ लाख ग्राहक रहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago