काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र टिथ सेभर्स प्रा.लि. त्रिपुरेश्वरबीच एनआइसी एसिया बैंकका सम्पूर्ण ग्राहकलाई टिथ सेभर्स डेन्टल क्लिनिकमा दाँतसम्बन्धी उपचार गराउँदा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौता बमोजिम बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले टिथ सेभर्समा दाँतसम्बन्धी उपचार गराउँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नसक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र टिथ सेभर्सको तर्फबाट अध्यक्ष उषा घिराईयाले हस्ताक्षर गरे ।
हाल एनआइसी एशिया बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८२ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा वटा शाखारहित बैंकिङ्ग इकाईको विशाल सञ्जाल रहेको छ । बैंकमा ग्राहकको संख्या १८ लाखभन्दा बढी छ ।