काठमाण्डौ । एनआइसी एशिया बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई थप परिष्कृत गर्ने उद्देश्यको साथ डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै विविध सुविधायुक्त विशेषताहरुका साथ बैंककोे नयाँ वेबसाइट सार्वजनिक गरेको छ ।
आकर्षक शैलीको आवरण भएको नयाँ वेबसाइटमा बैंकको सेवा सुविधाकोे विवरण हेर्न चाहनेहरुको लागि अन्तरक्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुको साथै उक्त वेबसाइट नेपाली भाषामा समेत उपलब्ध गराइएको छ ।
ग्राहकहरुले नेपाली भाषामा बैंकका सूचनाहरु उक्त वेबसाइटबाट प्राप्त गर्न सक्ननेछन् ।
गूगल म्यापलाई समेत संलग्न गरिएकोले उक्त वेबसाईटबाट बैंकको शाखा, एक्स्टेन्सन काउण्टर, एटिएम रहेको स्थान सजिलै पत्ता लगाउन सकिनेछ । साथै बैंकको कार्ड तथा मोबाईल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने पसल तथा ब्यवसायीको स्थानको पहिचान समेत गर्न सकिनेछ ।
वेबसाईटलाई मोबाइलबाट पनि चलाउन मिल्ने गरी डिजाइन गरिएकोले ग्राहकहरुले जुनसुकै स्थानबाट पनि आफ्नो स्मार्टफोनमार्फत वेबसाइट चलाउन सक्ने सुविधा प्रदान गरिएकोे छ । साथै वेबसाईटबाटै खाता खोल्न मिल्ने सुविधाका साथ बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा “साथी“ च्याटबट वेबसाईटमै उपलब्ध रहेको छ्र । वेबसाईटमा प्रयोगकर्ताको रुची अनुसार बैंकले उपलब्ध गराउने विभिन्न सुविधा तथा जानकारी प्रयोगकर्ताको वेब–ब्राउजरमा स्वचालित सूचना(अलर्ट) मार्फत पठाउन सकिने प्रविधिको समेत प्रयोग गरिएको तथा आफूलाई मनपरेका जानकारी र सूचना सामाजिक सञ्जालमा सेयर गर्न सकिने गरी ब्यवस्था मिलाइएको छ्र । प्रयोगकर्ताको डाटा सुरक्षाका लागि बिशेष सुरक्षा संयन्त्रको प्रयोग गरिएको बैंकले जनाएको छ ।
यो वेबसाइटले प्रयोगकर्तालाई नविन अनुभुती प्रदान गर्दै बैंकका लागि डिजिटाइजेसनमा अर्को कोशेढुङ्गा सिद्घ हुने विश्वास बैंकले लिएको छ । बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै बैंकले डिजीटल प्रविधिको उच्चतम प्रयोग गरी गतिशील बैंकिङ्गको अभ्यासलाई थप टेवा पुग्ने विश्वास लिएको र ग्राहकलाई बैंकको बारेमा जानकारी लिन वा सेवा उपभोग गर्न अत्यन्त सहज हुने कुरामा पूर्ण विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago