काठमाण्डौ । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ जनमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआइसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको बीमा सुविधा प्रदान गर्दै आइरहेको छ । 

मुद्धती निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सुविधा बैंकिङ उद्योगकै सर्वाधिक सुविधा पनि हो । 

सामान्यतया मुद्धती खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक ब्याजदर पाइन्छ भन्ने बुझाई छ । तर, यो बैंकको न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप खातामा सर्वाधिक उच्च ब्याजमात्रै उपलब्ध गराएको छैन, बीमा सुविधा समेत दिएर मुद्धती खाताको दायरा नै फराकिलो बनाइदिएको छ । 

यो मुद्धती खातामा ग्राहकहरुले उच्च ब्याजदरसँगै तीन विभिन्न बीमा सुविधा पनि पाउन सक्नेछन् । यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकहरुले जीवनमा आईपर्न सक्ने अकल्पनीय घटनाका लागि २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा पाउनेछन् । 

यो बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाखसम्मको बीमा सुविधा उपलब्ध छ । यस्तै, १८ घातक रोगहरुको लागि रु १० लाखसम्म र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा समेत उपलब्ध छ । 

यसैगरी, औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहकहरुलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरङ्ग(ओपिडी) उपचारमा रु. २० हजारसम्म र अस्पताल भर्नाबापत रु. ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ । उक्त ओपिडी बीमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु वापत रु. २० हजार सम्मको भरपाई गर्नेछ ।

एनआइसी एशिया बैंकमा मुद्धती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्धती योजना रहेकोले आफ्ना ग्राहकवर्गहरुको लागि निकै ठूलो फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट रु ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरिसकेका बैंकले जनाएको छ । 

सामान्यतयाः यदि ग्राहकवर्गले रु. २१ लाखसम्मको बीमा आफैंले गर्न परेमा करिब १४,००० रुपैयाँ  बराबरको बीमा शुल्क बुझाउनपर्ने हुन्छ । तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बैंकले सम्झौता गरे अनुरुप बीमा शुल्क भुक्तानी गर्ने हुँदा ग्राहकवर्गलाई करिब रु. १४,००० को फाइदा पुग्नेछ । 

हाल यो बैंकको देशभर ३१९ शाखा कार्यालयहरु, ४४५ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ । बैंकले करिब २० लाख ग्राहकलाई सेवा दिंदै आएको छ ।