काठमाण्डौ । एनआइसी एशिया बैंकले आन्तरिक रेमिट्यान्स निःशुल्क पठाउन सकिने सुविधा सुरु गरेको छ । 

बैंकले ग्राहकहरूको उल्लासमय सहभागितालाई मध्यनजर गर्दै एनआईसी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको एक विज्ञप्तिमार्फत जनाएको हो । 

यस योजनाअन्तर्गत एनआइसी एशिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउण्टरहरूबाट नेपालभर एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिनेछ । 

योजना अनुसार २०७६ फागुन १८ देखि २०७७ बैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ । 

यस बैंकका ३१९ शाखा, १०७ विस्तारित काउण्टर, ५६ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल रुपमा भुक्तानी पाउन सकिनेछ । 

मुलुकभर सबैभन्दा धेरै शाखा सञ्जाल रहेको यस बैंकमार्फत तुरुन्त रकम पठाउन तथा प्राप्त गर्न सकिने हुँदा धेरै भन्दा धेरै ग्राहक लाभग्राही हुने विश्वास बैंकले लिएको छ ।