काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने भएको छ ।

दराज अनलाईनमा रहेको बिग मार्टका साथै सेल्सबेरी, मेरो किरानमा तथा सेन्ट्रल बजारमार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने गरी बैंक र उक्त चारवटा अनलाईन डेलिभरीका माध्यमहरूबीच समझदारी भएको हो । 

जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा ग्राहकहरूले उक्त मात्रामा छुट प्राप्त गर्नसक्ने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । 

लकडाउनको समयमा ग्राहक महानुभावहरूलाई घरमै बसी उपभोग्य सामग्रीहरू प्राप्त होस् भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ । 

यसका साथै यस बैैकका ग्राहकहरूले मोबाइल बैंकिङ्ग तथा कार्ड प्रयोग गरी नेपालभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहकलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरूप बैंकले यस्तो योजना ल्याइएको प्रष्ट पारेको छ । 

विपतको घडिमा बैंकले आफ्ना ग्राहकमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरू स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ । 

हालसम्म बैंकले २५ वटा भन्दा बढी शाखाहरूमार्फत दैनिक निश्चित समयको लागि सेवा सुचारू गरेको छ भने ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रूपमा मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहकले घरबाटै बसेर निःशुल्क रूपमा गर्न सक्ने व्यवस्था समेत बैंकले गरिसकेको छ । उक्त सेवाहरूका साथमा घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । 

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्डबाहकले एनआईसी एशिया बैंकका ४५० भन्दा धेरै एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

विषम परिस्थितिमा ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारू रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।