काठमाण्डौ । देशमा आपत आइलागेको बेला व्यक्ति तथा संस्था आफैंले चाहि आफ्ना ग्राहक लक्षित कुनै राहातको प्याकेज बनाउन सक्दैन ? देशका बैंक तथा वित्तीय संस्थाहरुले यस्तो बेलामा नाफा बढाउने कुरालाई पर पन्छ्याएर साच्चिकै उत्तरदायी बैंकिङ गर्न सक्छन् कि सक्दैनन् ?
लामो समयको लकडाउनका कारण समस्या परेका आफ्ना ऋणिहरुलाई सहुलियत दिनका लागि समेत नियामक राष्ट्रबैंककै निर्देशन कुरिरहेका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीहरुको जवाफ हुनसक्छ–‘हामीले राष्ट्रबैंकको निर्देशन अक्षरंश पालना गरिरहेका छौ । यस्तो बेलामा गर्ने यही हो ।’
तर, यति भूमिकाले मात्र पुग्ला त ? यस्ता संस्थाहरुले आफ्नै प्रयासमा पनि त केही गर्न सक्छन् होला नि ? फेरि धेरैको जवाफ हुनसक्छ–‘यो बाहेक हामीले कोरोना सहयोग कोषमा पनि सहयोग गरिरहेकै छौ त । ठाउँ ठाउँमा राहात सामाग्री पनि बाँडेकै छौ, यो भन्दा बढी गर्यो भने त हाम्रो नाफा हिट हुन्छ नि, आम्दानीमा नकारात्मक असर पर्छ नि ।’
तर, देशमा कुनै बैंक यस्तो पनि छ, जसले संकटको बेला नाफा मात्र हेरेन । अरु बैंकले भनेजस्तो कोरोना सहयोग कोषमा १ करोड ५ लाख बढी सहयोग गर्यो । ४५ लाख बढीको त राहात सामाग्री मात्रै वितरण गर्यो । तर, यो बैंकको सेवाको भावना यत्तिमै रोकिएन । राष्ट्रबैंकभन्दा एक कदम अगाडि बढेर देशकै ठूलो एनआइसी एशिया बैंकले निकै ठूलो वित्तीय भार पर्ने भए पनि ग्राहकका लागि ब्याज छुटको बम्पर अफर सार्वजनिक गरेको छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लामो समयसम्मको लकडाउनका कारण मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्षेत्र समेत प्रभावित भएको भन्दै नेपाल राष्ट्र बैंकले २०७६ चैत्र १६ गते एक निर्देशनमार्फत सबै बैंक तथा वित्तीय संस्थाहरुलाई २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जा भुक्तानीको अवधि ३ महिना पछि सार्न र चैत्र महिनाभित्र नै ब्याज तथा किस्ता बुझाएमा किस्तामा समाविष्ट ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्न भनेको थियो । धेरै बैंकहरुले यही निर्देशनअनुसार चैत महिनाभित्रै ब्याज र किस्ता बुझाउनेलाई छुट दिइरहेका छन् ।
तर, एनआइसी एशियाले भने एक कदम अगाडि बढ्दै आफ्ना ऋणिहरुलाई सहुलियत प्रदान गर्न तथा असहज परिस्थितिबाट उद्दार गर्न ऋणीले बुझाउनुपर्ने ब्याज रकममा भारी छुट प्रदान गर्ने आकर्षक योजना सार्वजनिक गरेको छ ।
यसअन्तर्गत बैंकबाट कर्जा सुविधा उपयोग गरेका सबै ग्राहकले बैशाख मसान्तसम्ममा चुक्ता र भुक्तानी गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको बक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा भुक्तानी भएको साधारण ब्याजको १० प्रतशितले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गर्ने घोषणा गरिएको छ।
यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने बैंकले प्रष्ट पारेको छ ।
यस्तो छुट रकम २०७७ जेष्ठ महिनाको पहिलो हप्ताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिने बैंकले घोषणा गरेको छ । तर, यसरी ब्याज छुट दिँदा छुटपश्चात ग्राहकले तिर्नुपर्ने ब्याज आधारदरबाट गणना हुने ब्याजभन्दा कम नहुने समेत प्रष्ट पारिएको छ ।
यस किसिमको सहुलियत नेपालको बैकिङ्ग इतिहासमा दुर्लभ मात्र उपलब्ध हुन्छ । यो छुटको स्किमबाट एनआइसी एशियालाई लाखौं रुपैयाँको वित्तीय भार पर्नसक्ने देखिन्छ । तर, बैंकले आपतको बेला आफूलाई पर्ने वित्तीय भारभन्दा पनि ठूलो ग्राहकको सहजता र सुविधालाई रोजेको छ ।
यो सुविधाको अधिकतम उपयोग गर्न समेत बैंकले ग्राहकहरुमा आह्वान गरेको छ ।
हाल यो बंैकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ । बैंकका २१ लाखभन्दा बढी ग्राहक छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago