काठमाण्डौ । लगानीको कुनै जोखिमबिना नै तपाई आफूले कमाएको पैसा निश्चित अवधिमा दोब्बर होस् भन्ने चाहनुुहुन्छ ? यस्तो ठाउँ, जहाँ सेयरको दोश्रो बजारजस्तो जोखिम पनि नहोस्, म्युचुुअल फण्ड भन्दा पनि आनन्दको ठाउँ, जहाँ पछि पाउने रिटर्नको परिमाण अहिले नै थाहा होस् । तपाई कमाएको पैसा मात्र राखिदिए पुुग्ने, जुन केही वर्षभित्र दोब्बर हुने त्यस्तो कुनै ठाउँ होस् भनेर कल्पना गरिरहनुुभएको छ ? यदि त्यसो हो भने तपाईको कल्पनालाई अब एनआइसी एशियाले बैंकले साकार पारिदिनेछ । 

पछिल्लो समय लगानी तथा सेवाको बिस्तार र सुधारमा आक्रामक देखिएको एनआइसी एशिया बैंकले स्थापनाको दुुई दशक पूरा गरेको उपलक्ष्यमा ग्राहक वर्गमाझ ‘डबल डिपोजिट’ नामक नयाँ निक्षेप योजना प्रस्तुत गरेको छ । यही योजनाले तपाईले कल्पना गरेको कुरा यथार्थमा परिणत गरिदिनेछ । 

बैंकले जनाएअनुसार आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले ल्याएको यस निक्षेप योजनामा व्यक्तिगत तथा संस्थागत निक्षेप ग्राहकहरुलाइ सीमित अवधि पश्चात आफूले जम्मा गरेको रकमको दोब्बर भुक्तानी गरिनेछ । 

न्यूनतम रु.१ लाख (अक्षरेपी रु. एक लाख मात्र) निक्षेपका साथ भाग लिन सकिने यस योजनामा व्यक्तिगत निक्षेपकर्ताको हकमा ९ बर्ष र संस्थागत निक्षेपकर्ताको हकमा १० वर्षमा आफूूले सुरुमा जम्मा गरेको रकमको नियमानुसार संस्थागत निक्षेपको हकमा १५ प्रतिशत तथा व्यक्तिगत निक्षेपको हकमा ५ प्रतिशतका दरले ब्याज आम्दानीको स्रोतमा करकट्टी गरे पश्चात बैंकले दोब्बर भुक्तानी दिनेछ ।

यस योजनाले ग्राहकलाई निक्षेपमा थपघट हुनसक्ने ब्याजदर तथा बजारमा व्याजको जोखिमले योजनालाई कुनै असर नपर्ने सुनिश्चितता प्रदान गर्ने बैंकले प्रष्ट्याएको छ । 

हाल यो बैंकले आफ्ना ११९ वटा शाखा र ४ एक्सटेन्सन काउन्टर मार्फत बैकिंग सेवा प्रवाह गरिरहेको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो ।