काठमाण्डौ । एनआइसी एशिया लघुवित्तले लाभांश घोषणा गरेको छ । 

कम्पनीको बुधबार साँझ ५ बजे बसेको एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको १८८ औं बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

घोषित लाभांश सबै नगद लाभांश(कर प्रयोजनसहित) रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई २६ करोड ९ लाख १६ हजार बराबरको नगद लाभांश वितरण गर्नेछ । 

नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई वित्तीय संस्थाको आगामी छैठौँ वार्षिक साधारण सभाबाट पारित भए पश्चात घोषित लाभांश लगानीकर्ताले पाउनेछन् ।