काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ । 

यो बैंकले रु. १,००० अंकित दरका ३०,००,००० कित्ताले हुन आउने रु.३ अर्ब बराबरको “एनआइसी एशिया ऋणपत्र २०८१/८२” निष्कासन गर्ने भएको हो । 

ऋणपत्र निश्कासनका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । 

ऋणपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा एनआइसी एशिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले हस्ताक्षर गरेका छन् ।

रु.३ अर्ब बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (रु.२ अर्ब ४० करोड) व्यक्तिगत र २० प्रतिशत (रु. ६० करोड) सर्वसाधारणहरुका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्कासन तथा बिक्री खुल्ला गरिने बैंकले जनाएको छ । प्रस्तावित ९ प्रतिशत बार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज झुक्तानी गर्ने गरी ७ वर्ष अवधिका लागि ऋणपत्र निष्कासन गर्न लागिएकोे हो ।

यस ऋणपत्रले लगानीकर्तालाई उच्चतम प्रतिफल प्राप्त गर्ने सुवर्ण अवसर दिने बैंकको विश्वास छ ।