काठमाण्डौ । निजी क्षेत्रबाट आयोजना भएका खेलमा सबैभन्दा ठूलो पुरस्कार राशी भएको मानिएको “एभरेष्ट प्रिमियर लिग टी–२०” क्रिकेट प्रतियोगिता(ईपीएल)को उपाधि एनआईसी एशिया बैंकले मुख्य प्रायोजन गरेको विराटनगर वारियर्सले हात पार्न सफल भएको छ ।
विराटनगरले जितसँगै ट्रफी र नगद रू. २१ लाख पुरस्कार प्राप्त गरेको छ । साथै, उक्त प्रतियोगिताको म्यान अफ दि सिरिजको पुरस्कार समेत सर्वाधिक रन बनाउन सफल विराटनगर वारियर्सकै बाबर हायातले हात पारेका छन्।
सो प्रतियोगिता अवधिभर बनेको कुल १४ अर्धशतकमा बाबरले ७ खेलमा ३ अर्धशतक प्रहार गर्दै कुल ३ सय १३ रन बनाएका थिए ।
कीर्तिपुरस्थित त्रि.वि.क्रिकेट मैदानमा पुस ३ गतेदेखि सञ्चालन भई शनिबार उपाधिका लागि भएको विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सबीचको फाईनल खेलमा विराटनगरले १ रनको रोमाञ्चक जित हात पारी उपाधि कब्जा गर्न सफल भएको हो ।
एनआईसी एशिया बैंकले स्थानीय खेलाडीहरुलाई अवसर प्रदान गर्न तथा खेलकुद क्षेत्रबाट पनि देशका लागि महत्वपूर्ण योगदान पुगोस् भन्ने उद्देश्यले यसपटक विराटनगर वारियर्सका लागि मुख्य प्रायोजन गरेको जानकारी दिएको छ ।
नेपालको खेल क्षेत्रको विकासका लागि यो मुख्य प्रायोजन एक उदाहरणीय कदम भएको, साथै बैंकले खेल क्षेत्रमा अझ उल्लेखनिय योगदान गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ ।
आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, समाजमा पिछडिएका, गरीब, असहाय, उत्पीडित वर्ग र जनतालाई सहयोग पुर्याउन छात्रवृत्ति, अनाथाश्रम तथा वृद्धाश्रमलाई आर्थिक सहयोग, दुर्गम र पिछडिएको क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालनजस्ता महत्वपूर्ण कार्यक्रमहरु गर्दै आइरहेको बैंकले जानकारीे दिएको छ ।
साथै, दैवी प्रकोपबाट प्रभावित जनतालाई राहात वितरण, ऐतिहासिक एवम् सांस्कृतिक महत्वका मठमन्दिरको जीर्णोद्धार, ग्रामीण बाटो निर्माण एवम् पूर्वाधार निर्माणजस्ता कार्यमा उदाहरणीय रूपमा सहयोग गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago