काठमाण्डौ । एनआइसी एशिया बैंकले डबल डिपोजिट योजना ल्याउँदै निक्षेपमा जम्मा भएको रकम १२ वर्षमै दोब्बर पाइने अफर सार्वजनिक गरेको छ । 

निक्षेपमा थपघट हुनसक्ने ब्याजदरका कारण उत्पन्न हुनसक्ने जोखिम नरहने यो स्कीममा निक्षेपको रुपमा जम्मा भएको रकम ब्याज आम्दानी जोडिदै गएर १२ वर्षमा दोब्बर हुने बताइएको छ । 

बैंकले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै एनआइसी एशिया बैंकको व्यक्तिगत ग्राहकले न्यूनतम १ लाखदेखि रकम जम्मा गर्नसक्नेछन् । 

यो योजना अन्तरगत बिना झञ्झट आवश्यकता अनुसार ओभरडाफ्टको सुविधा समेत निक्षेपकर्ताले पाउनेछन् । यस्तै, शून्य मौज्दात, क्रेडिट कार्ड, दुर्घटना बिमा, निःशुल्क डेबिट कार्ड, इन्टनरनेट बैकिंगको सेवा समेत यो स्कीममा सहभागी हुने बचतकर्ताका लागि निःशुल्क गरिने बैंकले स्पष्ट पारेको छ ।