काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नयाँ सञ्चालकहरुको मनोनयन गरेको छ।
नयाँ सञ्चालक समितिमा अर्जुनराज खनियालाई सञ्चालक समितिको अध्यक्षमा मनोनित गरिएको छ । अध्यक्ष खनियाले नेपालराष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।
खनिया एनआइसी एशिया बैंकको मुख्य जनसम्पर्क अधिकृतको रुपमा कार्यरत रहनुुको साथै बैंकको योजना तथा रणनीति तर्जुमा एवम् कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्दै आएका थिए ।
भेरी अञ्चलको जाजरकोट खलङ्गामा केन्द्रिय कार्यालय स्थापना गरी २०७४ मंसिर १२ गतेदेखि सञ्चालनमा आएको लघुवित्त वित्तिय संस्थामा बैंकको तर्फबाट मनोनित अन्य सञ्चालकहरुमा दिनेश भारी, विशाल सिग्देल, तेजराज तिमिल्सिना र पदम ठकुल्ला रहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago