nic asia bank
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले रेमिटवेयर पेमेन्ट्स इंकसँगको सहकार्यमा क्यानडा र यूएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ ।
बैंकले रेमिटवेयर पेमेन्ट्स इंकसँग यस सम्बन्धी सम्झौता गरेको छ । राष्टबैंकले बैशाख १९ गते रेमिटवेयरसँग रेमिट्यान्स सम्झौता गर्न स्वीकृति दिएपछि यो सम्झौता भएको हो ।
सम्झौता अनुसार रेमिटवेयर पेमेन्ट्स इंकमार्फत क्यानडा र यूएईबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २०० वटा शाखाहरु तथा ५,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।
हल यो बैंकको मुलुकभर २०० शाखा कार्यालयहरु, २०० एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग सेवा रहेका छन् । यो बैंक देशकै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हो ।
बैंकको वासलातको आकार रु १५८ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. १०९ अर्ब र कुल निक्षेप करिब रु. १३३ अर्ब पुगिसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago