काठमाण्डौ । एनआइसी एशिया बैंकले वार्षिक ११ प्रतिशत ब्याज पाउने गरी १ अर्ब ८३ करोडको ऋणपत्र पुनः निश्कासन गर्ने भएको छ ।
यसअघि ९ प्रतिशत वार्षिक ब्याज पाइने ३ अर्बको ऋणपत्र बैंकले निश्कासन गरेको थियो।
यसअघिको भन्दा अझ बढी ब्याज पाउने ७ वर्षे अवधिको ऋणपत्र निश्कासनका लागि बैंक अगाडि बढेको हो ।
बैंकले रु.१,००० अंकित दरका १८,३०,००० कित्ताले हुन आउने रु.१ अर्ब ८३ करोड रुपैयाँ बराबरको “११% एनआइसी एशिया ऋणपत्र २०८२/८३” निश्कासनको प्रक्रिया अगाडि बढाएको हो । सोही क्रममा बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यसअघि बैंकले जारी गरेको ९ प्रतिशत वार्षिक ब्याज भएको ३० लाख कित्ता (कुल रकम ३ अर्ब) ऋणपत्र सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको र सो नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ ।
प्रस्तावित ११ प्रतिशत ब्याज भएको यस ऋणपत्र लगानीकर्ताका लागि उत्कृष्ट प्रतिफलसहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बंैकले लिएकोे छ ।
सो ऋणपत्र निश्कासन सम्बन्धी सम्झौतापत्रमा एनआइसी एशिया बैंक लिमिटेडका तर्फबाट का.मु. प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गरे ।
रु.१ अर्ब ८३ करोड बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (१ अर्ब ४६ करोड ४० लाख) व्यक्तिगत र २० प्रतिशत (३६ करोड ६० लाख) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात निश्कासन हुने बैंकले जनाएको छ । प्रस्तावित ऋणपत्र ११ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिका लागि निश्कासन गर्न लागिएकोे हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago